INSTITUTE OF SCIENCE AND TECHNOLOGY

Kirtipur, Kathmandu, Nepal

Highlights

बुटवल बहुमुखी क्याम्पसमा Deep learning for Materials Science (DLMS-2026) कार्यशाला सुरु

2026-06-05

बुटवल बहुमुखी क्याम्पसमा Deep learning for Materials Science (DLMS-2026) कार्यशाला सुरु

२२ जेठ २०८३ बुटवल

बुटवल बहुमुखी क्याम्पसको आयोजनामा International workshop on Deep learning for Materials Science (DLMS-2026) कार्यक्रम आज एक समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा.डा. शङ्करप्रसाद खनालले पानसमा बत्ती बालेर समुद्घाटन गरी सुरु भएको छ ।

विद्यार्थी तथा अनुसन्धानकर्तालाई AI, Machine & Deep Learning (ML/DL) /Skills, Integrating Data-driven method with Materials Science Emphasizing physics-informed techniques तथा त्रिवि सुपरकम्युटर सम्बन्धमा साक्षात्कार गराउनु यस कार्यक्रमको उद्देश्य रहेको छ । प्रमुख अतिथिको आसनबाट प्रा.डा. शङ्कर खनालले AI, तथा Deep Learning को वर्तमान अवस्था र यसको महत्त्व र यसका लागि गरिने कार्यका सम्बन्धमा प्रकाश पार्नुभयो । विशेष अतिथि बुटवल नगरपालिकाका प्रमुख खेलराज पाण्डेले रोजगारमूलक र व्यावहारिक तथा देशलाई आवश्यक शिक्षालाई आगाडि बढाइन AI को सही सदुपयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो  । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन डा. माधव घिमिरेले कार्यक्रमको उद्देश्य सम्बन्धमा प्रकाश पार्नुभएको थियो भने बुटवल बहुमुखी क्याम्पसका भौतिकशास्त्र विभागका विभागीय प्रमुख कमलबहादुर रायमाझीले स्वागत मन्तव्य दिनुभएको थियो ।

विश्विवद्यालय अनुदान आयोग तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानको सहयोगमा सञ्चालन गरिएको यस कार्यक्रममा  ५० जना सहभागी रहेका छन् ।  यस तीन दिने कार्यक्रममा नेपाल बाहिरका Prof. Dr. R.K. Thapa, PD Dr. Manuel Richter, Prof. Dr. Surendra Prasad, Prof. Dr. Nguyen Tuan Hung, Dr. Sobhit Sing, Dr. Arun D. Dhar Dwivedi, Dr. Mayank Sharma, Dr. Gang B. Acharya, Dr. Shivendra Jaiswal, Dr. Himanshu Joshi, Dr. Ajit Ghosh, Dr. Dibya Prakash Rai, Dr. Dinesh Acharya, Bishnu Prasad Belbase तथा नेपालका प्रा.डा. रामेश्वर अधिकारी, डा. निरज धिताल, डा. माधवप्रसाद घिमिरे, नवराज पौडेल, सर्विन सायमी, डा. धिरज केदार पाण्डे, डा. अर्जुन सिंह साउद, डा. रामजीवन यादव, डा. खिमानन्द न्यौपाने, डा. शालिकराम भण्डारी, डा. झुलन पौडेल, डा. दीपक भट्टराई, छत्रबहादुर क्षेत्रीले आआफ्नो प्रस्तुति दिनुहुनेछ ।

कार्यक्रम बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. अरुणकुमार क्षेत्री को सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम सञ्चालन डा. झुलन पौडेलले गर्नुभएको थियो ।