INSTITUTE OF SCIENCE AND TECHNOLOGY

Kirtipur, Kathmandu, Nepal

Highlights

विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा इन्ट्रानेट जडान तथा हस्तान्तरण पश्चात् अभिमुखीकरण कार्यक्रम सम्पन्न

विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा इन्ट्रानेट जडान तथा हस्तान्तरण पश्चात् अभिमुखीकरण कार्यक्रम सम्पन्न

2026-07-27

विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा इन्ट्रानेट जडान तथा हस्तान्तरण पश्चात् अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

११ साउन २०८३

 त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा इन्ट्रानेट जडान तथा हस्तान्तरण पश्चात् आज एक समारोह बिच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको २०८३ साउन ४ गते सोमबारका दिन कीर्तिपुरमा रहेका सबै केन्द्रीय विभाग तथा स्कुलमा हस्तान्तरण सम्पन्न भएको थियो । अभिमुखीकरण समारोहको अध्यक्षता रसायनशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख विनय कुमार झाले गर्नुभएको थियो इनटारनेट जडानका विविध पक्षमा अध्ययन संस्थानका सहायक डिन डा. माधवप्रसाद घिमिरेले मन्तव्य दिँदै  इन्ट्रानेट (Intranet): कुनै संस्था वा कार्यालयभित्र मात्र प्रयोग गरिने सुरक्षित निजी कम्प्युटर सञ्जाल, जसले कर्मचारी, विभाग तथा कार्यालयहरूबीच सूचना, सेवा र स्रोतहरूको आदान–प्रदान गर्न सहयोग गर्ने र  यस कार्यले अध्ययन संस्थानले डिजिटल युगमा प्रवेश गर्न सहज भएको कुरा बताउनुभएको थियो भने इनटारनेट जडान गर्ने कम्पनीका तर्फबाट कम्पनीका प्रतिनिधि आभाष देवकोटाले इनटारनेटको अहिलेको अवस्था र प्रयोग सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सम्पन्न भएको उक्त कार्यले अध्ययन संस्थान अन्तर्गतका १२ वटा केन्द्रीय विभाग,  एक स्कुल, अध्ययन संस्थानमा स्थापना हुन लागेको सेन्ट्रल ल्याब तथा डीन कार्यलयलाई एउटै सञ्जालमा जोडेको छ । सुरक्षित रुपमा डाटा सञ्चार हुने भएकाले यसलाई भरपर्दो मानिएको छ ।

 सबै केन्द्रीय विभागका प्रतिनिध, डीन कार्यलयका कर्मचारी तथा जडान गर्ने कम्पनीका प्रतिनिधहरु उपस्थित रहेको उक्त  कार्यक्रम रसायनशास्त्र केन्द्रीय विभागको सभाहलमा सम्पन्न भएको थियो भने  अध्ययन संस्थानका शाखा अधिकृत दीपककुमार पाण्डेले  कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।