Kirtipur, Kathmandu, Nepal
विज्ञान विद्यावारिधी अभिमुखिकरण
काठमाडौं । मंसिर १५
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले विज्ञान तथा प्रविधी अध्ययन संस्थानद्धारा विद्यावारिधी कार्यक्रमको अभिमुखिकरण कार्यक्रमको उदघाटन गर्नुभएको छ ।
कीर्तिपुर स्थित केन्द्रीय पुस्तकालयमा आयोजित अभिमुखिकरण कार्यक्रममा ७५ जना नयाँ विद्यावारिधी शोधार्थीहरुको उपस्थिति रहेका छन् । हालसम्म विज्ञान तथा प्रविधि अध्ययन संस्थानले ३५० जनालाई विद्यावारिधी उपाधि प्रदान गरिसकेको छ भने अध्ययन संस्थान अन्तर्गतका विभिन्न कार्यक्रमहरुमा ४५० जनाले विद्यावारिधी गर्दैछन् । यसैवर्षदेखि विद्यवारिधी कार्यक्रम ट्राइमेष्ट्रर अर्थात ४/४ महिनाको कक्षा र बाँकी अनुसन्धानमा लाग्नुपर्ने व्यवस्था गर्नुका साथै विद्यावारिधी तथा विज्ञानका स्तानकोत्तर तहका सवै विद्यार्थीहरुका लाई अनुसन्धान नियमन (Research Regulation) समेत जारी गरेको छ । अभिमुखिकरण कार्यक्रमको उदघाटन कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै उपकुलपति प्रा.डा दिपक अर्यालले विद्यावारिधीका शोधार्थीहरुलाई अविचलितरुपमा अनुसन्धान यात्रामा लाग्न र अनुसन्धान मार्फत त्रिविको साख उच्च बनाउन अनुरोध गर्नुभएको थियो । उहाँले विद्यावारिधी शोधार्थीहरुलाई आर्थिक सहायता उपलब्ध गराउने विषयमा समेत छलफल भइरहेको जानकारी दिनुहुँदै विभिन्न व्यक्तिगत एवं पेशागत कठिनाईका वावजुत विद्यावारिधी उपाधि प्राप्त गर्न भर्ना हुनुभएका सवैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा शंकर प्रसाद खनालले अनुसन्धान कार्यविधि, अनुसन्धान आचारसंहिता र नियमिततामा कुनैपनि सम्झौता नगरिने साथै शोधार्थीहरुलाई अधिकतम सेवा, सुविधा र पहुँचका लागि प्रयत्नशिल रहने बताउनुभयो ।विद्यावारिधीको यात्रालाई आफैले सहज बनाउन र समयको महत्व र मर्यादालाई सम्मान गर्न सवै शोधार्थीलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन प्रा.डा महेन्द्र महर्जन, सहायक डीन डा.कोमलराज रिजाल,डिनको कार्यालयबाट नियमित प्रकाशन हुने जर्नल (Journal of Institute of Science and Technology) का मुख्य सम्पादक प्रा.डा अन्जना सिंह, विद्यावारिधी अनुशासन समितिका अध्यक्ष तथा वनस्पतिशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा संगीता राजभण्डारी, गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा चेतराज भट्ट लगायतले विद्यार्थी शोधार्थीलाई नियमित अनुसन्धानमुलक जर्नल प्रकाशन गर्न, अनुसन्धानका आचारसंहिताहरु पालन गरी त्यसको प्रमाणपत्रका लाई निवेदन दिन तथा सुपरिवेक्षकको प्रत्यक्ष सम्पर्क र सुझावलाई अनुसरण गरी विद्यावारिधी नियमन निर्देशिकाको अक्षरस पालना गर्न समेत सुझाव दिनुभएको थियो ।