INSTITUTE OF SCIENCE AND TECHNOLOGY

Kirtipur, Kathmandu, Nepal

विज्ञान तथा प्रविधि अध्ययन संस्थानको ३५ औँ पूर्ण बैठक सम्पन्न

विज्ञान तथा प्रविधि अध्ययन संस्थानको ३५ औँ पूर्ण बैठक सम्पन्न

2026-01-01

विज्ञान तथा प्रविधि अध्ययन संस्थानको ३५ औँ पूर्ण बैठक सम्पन्न

कीर्तिपुर १७ पुस २०८२

कीर्तिपुर १७ पुस २०८२
विज्ञान तथा प्रविधि अध्ययन संस्थानको विद्यापरिषद्को ३५ औँ पूर्ण बैठक सम्पन्न भएको छ । अध्ययन संस्थानका डिन प्रा.डा. शंकर प्रसाद खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा डा. कविता लुइटेल, प्रा. डा. कुमार सापकोटा, प्रा. डा. कुमार सापकोटा, प्रा. डा. लक्ष्मण पाैडेल, प्रा‍.डा. रामकृष्ण तिवारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । मन्तव्यमा विद्यार्थी कोटा, पाठ्यक्रम, समकक्षता तथा परीक्षासम्बन्धी विषयमा छलफल भएको थियो । सहायक डीन महेन्द्र महर्जनले स्वागत मन्तव्य दिनुभएको थियो भने डा. खगेश्वर मण्डलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसमा विद्यार्थी कोटा, नयाँ पाठ्यक्रम, समकक्षता तथा परीक्षासम्बन्धी विषयमा छलफल भएको थियो ।
दोस्रो चरणमा २०८१ असार ११ देखि हालसम्म स्थायी समितिले गरेका निर्णयको अनुमोदनका गर्नुका साथै वनस्पति शास्त्रको BEM कार्यक्रमको पाठ्यक्रमको शीर्षकको संशोधन पनि गरिएको थियो । कार्यक्रम सहायक डीन कोमलराज रिजालले सञ्चालन गर्नुभएको थियो ।